OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १५, २०७८
३२२ पटक

 १५ बैशाख २०७८, बुधबार

कर्णालीमा एकैदिन ३०० भन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । तीमध्ये सबैभन्दा बढी २१५ जना सुर्खेतका मात्र रहेका छन् ।

यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका २९, रुकुम पश्चिमका ९, कालिकोटका १०, डोल्पाका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अब कर्णालीमा सक्रिय संक्रमितको संख्या ९८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६१६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । आज निको भई पाँच जना व्यक्ति डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र २३० जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्