OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७८सुर्खेत
३६२ पटक

 १५ बैशाख २०७८, बुधबार

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।

मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।

उनले भने, ‘केही गडबडी देखियो । फेसबुकमा बिरामी भएको लेखेर सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएका छन् । उनी सम्पर्कविहीन भएपछि संसद बैठक रोकेर हामी खोजीमा लागेका छौ । भेट हुनासाथ जानकारी गराउँछौ ।’

यसैबीच सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा शाही विरामी भएको स्टाटस पोष्ट गरेका छन् । हमालले सांसद शाही अस्पतालको आइसीयूमा भर्ना भएको दावी गरेका छन् । तर, पार्टी नेतृत्वले भने यो दाबीमा आशंका व्यक्त गरेको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्