OnlinePana

आज : २०७८ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७८सुर्खेत
८२ पटक

 १५ बैशाख २०७७, बुधबार

पछिल्लो समयमा कर्णालीमा थप तीन जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एक जना छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. के.एन पौडेलले जानकारी दिनुभयो । डा.पौडेलका अनुसार भेरीगंगा नगरपालिका ४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका १३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।

भेरीगंगा नगरपालिकाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका १ दैलेखका ७५ वर्षीय कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्