OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७८काठमाडौं
२९३ पटक

१२ बैशाख २०७८, आईतबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नौ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा तीन हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा एक हजार १३२ गरी एक हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्