OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७८सुर्खेत
४५६ पटक

११ बैशाख २०७८, शनिबार

कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक शिलन्यास भएको छ । प्रदेश सरकारको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलन्यास भएको हो ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलन्यास गर्नुभयो । उक्त भवन शिलन्यास गर्दै उहाँले मुलुक संघीयतामा गईसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताउनुभयो ।

प्रदेश सरकारले मिनि सिंहदरबार बनाउने योजना गरेपनि जमीन अभावका कारण त्यसो हुन सकेन, मन्त्री केसीले भन्नुभयो, ढिलै भएपनि एउटा कार्यालय भवन निर्माण प्रारम्भ गरेका छौं । प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गर्नुभयो ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव.०७७÷०७८ मा विनियोजित बजेट रु.तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताउनुभयो । प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा संघीय सरकारअन्तरगत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माण कार्य शुरु गरिएको उहाँले जनाउनुभयो ।

प्रदेश भरको लगत राख्ने गरी काम गर्ने योजनाका साथ अघि बढिएको बताउँदै उहाँले प्रदेश सरकारको बेरोजु लगत एकीकृत गरिने जनाउनुभयो । उक्त भवन निर्माण्का लागि गत चैत्र २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि. काठमाडौंले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

प्रतिकृया दिनुहोस्