OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १२, २०७८सुर्खेत
७६३ पटक

११ बैशाख २०७८, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्ध सर्ब एकताबद्ध भएर जुध्न आग्रह गर्नुभएको छ ।

१५औं लोकतन्त्र दिवसको गौरवपूर्ण अवसरमा देश विदेशमा रहेका सम्पूर्ण कर्णाली तथा नेपाली आमा बुबा दाजुभाई दिदीबहिनीहरुमा २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनबाट आजैका दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको र जनताले लोकतन्त्र प्राप्त गरेको दिनको शुभकामना व्यक्त गर्दै विश्वव्यापीरुपमा आक्रमकरुपमा फैलिएको कोरोनाबिरुद्धको लडाईमा एक हुन आग्रह गर्नुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले भन्नुभएको छ । “नोबेल कोरोना भाइरस (कोभिड–१९) ले सृजना गरेको परिस्थितिले ऐतिहासिक दिनको सम्झनामा ‘लोकतन्त्र दिवस’ यो वर्ष पनि व्यापक हर्षउल्लासका मनाउन सक्ने अवस्था हाम्रा सामु छैन । यो वर्ष पनि भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावलीलगायतका कार्यक्रमहरु गरी मनाउन सबैमा आग्रह गर्दछु ।”

उहाँले ‘लोकतन्त्र दिवस’को यस गौरवमय अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको लागि ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफनो ज्यानको आहुती दिने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान र ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

यस महत्वपूर्ण दिनले मुलुकमा ल्याएको राजनैतिक परिवर्तनबाट समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनैतिक प्राप्त उपलब्धिहरु आर्थिक समृद्धि र सामाजिक न्यायलगायतका जनअपेक्षा पुरा गर्न एकताबद्धरुपमा अगडि बढ्न उहाँले अपिल गर्नुभएको छ ।

गत वर्षदेखि शुरु भएको कोरोना भाइरस (कोभिड–१९)को महामारी नयाँ स्वरुपमा थप आक्रामकता सहित आएको परिस्थितिबाट निराश नहुन तथा धैर्य हुन अनुरोध गर्दै सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुन तथा भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नुहुन सुझाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्