OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ८, २०७८सुर्खेत
७५६ पटक

८ बैशाख २०७७ बुधबार

दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला ‘कोभिड—१९’ संक्रमण व्यवस्थापन केन्द्र सुर्खेतले अनुगमन समितिलाई सडकमा खटाएको छ ।

व्यवस्थापन केन्द्रको निर्देशनानुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले आजबाट स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।

अनुगमन टोलीले वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी बिक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवारी यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा अधिकांशले मास्क लगाएको, केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । उहाँका अनुसार मास्क प्रयोगमा हेलचक्र्याई गर्नेलाई अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताउनुभयो । प्रजिअ रिजालले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकोले सबैलाई स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न निर्देशन दिईएको जनाउनुभयो ।

टोलीले सुर्खेतस्थित ठूला होटल, ट्रकोमा रिर्सोट, स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ । प्रदेश अस्पतालमा मंगलवार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको आज पनि त्यही संख्यामा खोप लगाएको जनाईएको छ ।

अनुगमनमा प्रजिअ रिजालसहित प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिग्बिजय सुवेदी, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोरोना सम्पर्क व्यक्ति उदय विसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्