OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ७, २०७८ सुर्खेत
४१० पटक

७ बैशाख २०७८ मंगलबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनैपनि गोष्ठी, सेमिनार, मेला पर्वमा २५ जना भन्दा बढी भेला नुहन आग्रह गरेको छ ।

जिल्ला कोभिड—१९ संक्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा आन बसेको बैठकले बैठक सो निर्णय गरेको हो । बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न प्रयासहरु थाल्नुका साथै यसको नियन्त्रणका लागि विभिन्न १५ बुँदे निर्णयहरु गरेको छ । दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि जिल्ला प्रशासनले यो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार कोरोना जोखिम बढेकोले अब कुनै पनि सार्वजनिक समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन पाइनेछैन । मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतवन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा २५ जनाभन्दा बढी नहुने, विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृती लिई २५ जनामा नबढ्ने गरी गर्ने, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु संञ्चाल गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमा उपस्थित भई गर्नैपर्ने भएमा बढीमा २५ जनामात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालनागर्ने गरी हुनुपर्नेछ ।

यसैगरी होटल तथा रेष्टुरेन्टहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विहान ८ बजे देखि साँझ ८ बजेसम्म सेवा दिने, सो सेवा संचालन गर्दा रेष्टुरेन्टका कामदारहरुले अनिवार्य रुपमा मास्क भाइजर र पन्जा लगाउने, सेवाग्राहीलाई मास्क, सेनिटाइजरको व्यवस्था र दुई मिटरको भौतिक दुरी कायम गर्ने साथै होटल, रेष्टुरेन्टलाई नियमित रुपमा निसंक्रमित गर्ने, सुर्खेत जिल्ला प्रवेश गर्ने प्रवेश विन्दु बबई, वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र (विद्यालय, कलेज ट्यूसन सेन्टर, तालिम केन्द्र) मा २०७८ बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थिति नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने र अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्वन्धित पालिकाले व्यवस्था मिलाउने, विद्यालय तथा कलेजका पूर्व निर्धारित परीक्षा कार्यक्रम जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ साल बैशाख मसान्तसम्म बन्द गर्ने र मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ साल बैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने निर्णय भएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य रुपमा प्रयोग गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजको व्यवस्था गर्ने, चालक तथा सह–चालकले मास्क र सेनिटाईजर लगाउने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने, मास्क नलगाउने व्यक्ति सवारी साधनमा प्रवेश गर्न नदिने, लामो दुरीमा यातायात संचालनगर्दा विच बाटोमा यात्रु ओराल्ने र राख्ने कार्य नगरी अन्तिम गन्तव्यसम्म यातायात संचालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड संक्रमण व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, स्वास्थ्य सम्वन्धी मापदण्ड पालना भए नभएको अवस्थाको अनुगमन गरी पालना नभएको भए प्रचलित नीति, निर्णयानुसार पालना गर्न गराउन सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, वीरेन्द्रनगर नगरपालिका, जनस्वास्थ्य सेवा कार्यालय र उद्योग बाणिज्य संघ रहेका छन् । अनुगमनका क्रममा नेपाल सरकारबाट भएको आदेशको परिपालना नभएको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्