OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०७८काठमाडौं
४२३ पटक

६ बैशाख २०७८, सोमबार

लुम्बिनी प्रदेशमा प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने हस्ताक्षरकर्ताहरुलाई नै मन्त्रीको सपथ खुवाउने तयारी भईरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गर्ने क्रममा सो तयारी थालेको खुलासा भएको छ ।

सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका प्रदेशससभा सदस्यहहरुलाई मन्त्री बनाउने वचन दिएर समेटुनु भएको थियो ।

अविश्वास प्रस्ताव दर्ता भएपछि सोमबार नै माओवादीका दुई मन्त्री कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसलगत्तै मुख्यमन्त्री पोखरेलले जसपाका प्रदेशसभा सदस्यहरुलाई मन्त्री बनाउनुभएको थियो । उनीहरुको आज चार बजे सपथ हुदैछ ।

जसपाका तर्फबाट प्रदेशसभा सदस्यहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेले मन्त्रीको सपथ लिदै छन् । विजय, सन्तोष र सुमनले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्