OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ६, २०७८सुर्खेत
७२१ पटक

 ६ बैशाख २०७८, सोमबार

कर्णाली प्रदेशमा भोलि मंगलबार सार्वजनिक विदा हुने भएको छ । चैते शुक्ल अष्टमी (चैते दशैं)को विशेष अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले कर्णाली प्रदेश सरकारको विसं.२०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार यस प्रदेशमा सार्वजनिक विदाको सूचना गरिएको बताउनुभयो ।

सचिव पौडेलका अनुसार भोलि कर्णाली पप्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराईएको छ ।

 

प्रतिकृया दिनुहोस्