OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ५, २०७८सुर्खेत
५०८ पटक

 ५ बैशाख २०७८, आईतबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख कलौनीले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । थापा र शाही नयाँ मन्त्री भएपनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिईएको छ ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित नवनियुक्त मन्त्रीत्रय बुढा, थापा र शाहीले नेकपा एमालेले जारी गरेको ह्वीप तोडेर बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा मतदान गर्नुभएको थियो । मुख्यमन्त्री शाहीको सरकार जोगाउन ह्वी उलंघन गर्ने नेता ज्वालासहित नवनियुक्त मन्त्रीत्रय माधव नेपाल समुहका रहेका छन् ।

मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने नेता ज्वाला भने मन्त्री बन्नुभएको छैन । मन्त्रीत्रयलाई नेकपा एमाले कर्णाली प्रदेश समितिले शनिबार पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिसकेको प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्