OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ४, २०७८ सुर्खेत
३०९ पटक

४ बैशाख २०७८ शनिबार

नेकपा एमाले कर्णाली प्रदेश कमिटिले तीन प्रदेशसभा सदस्यहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष गोरखबहादुर बोगटीद्वारा आज जारी प्रेस वक्तव्य अनुसार प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी दिईएको छ । उहाँले प्रेस वक्तव्यमार्फत एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटि सदस्य प्रकाश ज्वालालाई साधारण सदस्य नरहने गरी निष्कासित गर्न पार्टी केन्द्रलाई सिफारिस गर्नुभएको छ ।

बैशाख ३ गते प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा प्रस्तावित विश्वासको मतको पक्षमा मतदान गरी नेकपा एमाले कर्णाली प्रदेशसभा दलको ह्वीप तोडी अनुशासन विपरित कार्य गरेकोले साधारण सदस्य नरहने गरी सदस्यत्रयलाई निष्कासन गरिएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित चार प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि कर्णाली प्रदेश सरकार जोगिएको थियो । आफ्नै पार्टीको ह्वीप तोडेको भन्दै आक्रोशित बनेको एमालेले शुक्रबार बेलुका नै प्रदेशसभा दलको बैठक बसेर साधारण सदस्य नरहने गरी तीनै प्रदेशसभा सदस्यहरुलाई निष्कासित गर्न एमाले कर्णाली प्रदेश कमिटिलाई सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस्