३ बैशाख २०७८, शुक्रबार

सुर्खेतबाट धरानका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो ।

बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुरतर्फ जाँदै गरेको टिप्पर एक आपसमा ठोक्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याय लगत्तै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए । उनका अनुसार मृतककाे सनाखत हुन सकेकाे छैन ।

उनका अनुसार दुर्घटनास्थलबाट ४७ जना घाईतेको उद्धार गरीएको छ । उद्धार गरीएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

दुर्घटनामा घाईते भएका ब्यक्तिहरुको उद्धारका लागि २ वटा क्रेन र ३ वटा स्काभेटर प्रयोग गर्नुपरेको खनालले बताए । पुर्णरुपमा क्षतीग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको उद्धारकालागि ठुलो सँख्यामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको थियो । २ घण्टाको प्रयासपछि सबै घाईतेको उद्धार गर्न सफल भएको खड्काकाे भनाइ छ ।