OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २, २०७८ सुर्खेत
५५५ पटक

२ बैशाख २०७८, बिहीबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले भोलि बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन अपिल गर्नुभएको छ ।

आज एक सार्वजनिक अपिल जारी गर्दै प्रमुख सचेतक नेपालीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यहरुलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गर्नु भएको हो । माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्यका साथ लागि परेको जनाउँदै यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु एकतावद्ध रहेको तथ्य स्पष्ट भएको बताउनुभएको छ ।



सार्वजनिक अपलिमा उहाँले भन्नुभएको छ, “प्रदेशसभामा व्यक्त सार्वजनिक प्रतिवद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा (एमाले)ले हाम्रो दल नेतृत्वको प्रदेश सरकारबाट समर्थ फिर्ता लिएको छ । यस कदमले राजनीतिक अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने सुनिश्चित छ ।”

नेकपा (माओवादी केन्द्र) यस प्रदेशको विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम निर्णयमा पुगेको जनाउँदै प्रमुख सचेतक नेपालीले भोलि बस्ने प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा मतदान गर्न हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्