OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २, २०७८काठमाडौं
४०३ पटक

२ बैशाख २०७८, बिहीबार

प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ ।

२०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति ३ घण्टा छलफल भएको थियो ।

छलफलको क्रममा ओली र रअ प्रमुख गोयलबीच के कुरा भयो भन्ने तथ्यगत जानकारी बाहिर आएको थिएन । सो भेटमा ओली र गोयलबीच ४ बुँदे सहमति भएको खुलेको छ ।

उज्यालो नेटवर्कलाई प्राप्त सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गराउन मोदीले सघाउनेसम्मको विषय उल्लेख छ ।

फोटो साभार उज्यालो नेटवर्कबाट

सहमतिको पहिलो बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएको छ । त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ ।

त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ । त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीका प्रतिबद्धता उल्लेख गरेका छन् ।

यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि उल्लेख गरेका छन् । सहमतिपत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली र भारतको तर्फबाट गोयलले हस्ताक्षर गरेका छन् । उज्यालो नेटवर्कबाट साभार ।

प्रतिकृया दिनुहोस्