OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २३, २०७७जुम्ला
१००५ पटक

२३ चैत २०७७, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा.मंगल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा.रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिस बमोजिम प्रधानमन्त्री ओलीले आईतबार डा.रावललाई नियुक्त गर्नुभएको हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा.रावलसँगै प्राडा.रेशम राना र सहप्रध्यापक डा.पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि डा.रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको थियो । आईतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा मंगल रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीबासी भने निकै खुशी भएका छन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले आईतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.डुकबहादुर क्षेत्रीलाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस्