OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०७७सर्खेत
११३२ पटक

२० चैत २०७७ शुक्रबार

कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले गुर्भाकोट नगरपालिका १३ मा अवस्थित आनन्द मावि गुमीदेखि लामपोखरी सामुदायिक वनसम्मको सडकको शिलन्यास गर्नुभएको छ ।

रु.३० लाख बजेटमा निर्माण हुने सडकको शिलन्यास प्रदेशसभा सदस्य विष्टले बिहीबार गर्नुभएको हो । ग्रामीण क्षेत्रका जनतालाई पूर्वाधारसँग जोड्न उहाँले चालु आव.२०७७÷०७८ मा रु.३० लाख बजेट विनियोजनका लागि पहल गर्नुभएको थियो । भेरी नदी तथा करिडर आसपासमा रहेका बस्तीहरुलाई राजमार्गसँग जोड्न प्रदेशसभा सदस्य विष्टले विशेष जोड दिनुभएको छ ।

त्यसैगरी, बिहीबार नै उहाँले गुर्भाकोट नगरपालिका ११ को नारिङे मसेरी रम्चौना सिचाइ कुलोको उद्घाटन गर्नुभयो । रु.१० लाखमा उक्त कुलो निर्माण भएको हो । सिंचाई कूलो निर्माणले यहाँका नागरिकहरुको कृषि उत्पादनमा वृद्धि हुने र आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँको भनाई थियो । सडक नहुँदा निकै अप्ठ्यारो भोगिरहेका उक्त समुदायका जनताहरुको माग अनुसार सदस्य विष्टले बजेट हाल्न सहयोग पुर्याउनुभएको स्थानीय हिक्मत गिरीले बताउनुभयो ।

प्रदेशसभा सदस्य विष्टले ग्रामीणवासीको आवतजावतमा सहज भन्ने उद्देश्यका साथ बजेट विनियोजनमा विशेष जोड दिईएको बताउनुभयो । सिंचाई कुलो निर्माण भएपछि त्यहाका नागरिकहरुले खुशी व्यक्त गरेको जनाउँदै उहाँले सडक निर्माणपश्चात् आर्थिक तथा सामाजिकस्तरमा परिवर्तन आउने विश्वास दिलाउनुभयो ।

उहाँले दुवै योजनाबाट यस क्षेत्रका जनताहरुको प्रत्यक्ष लाभ हुने भएकोले ती योजनाहरुलाई गुणस्तरीय तथा दीर्घकालिन् तवरले सञ्चालन गर्न सुझाउनुभएको छ । मूल राजमार्गबाट करिब ५ किलोमिटर टाढा रहेको उक्त बस्तीका करिब ४०० घरधुरी लाभान्वित हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्