OnlinePana

आज : २०८० मंसिर १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १९, २०७७सुर्खेत
१२७३ पटक

 १९ चैत २०७७, बिहीबार

देशैभरि यही चैत्र २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारहरुको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । त्यसैगरी दुवै संगठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी, खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र बिमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिनुभयो ।

त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी÷जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसंख्यकमा एक जनाको उम्मेदवारी परेको संयोजक ढकालले जनाउनुभयो । सात पदाधिकारीको सख्यामा २०, खुला सदस्य पाँचमा १७, महिला तीनमा छ, आदिवासी जनजाति दुईमा तीन, दलित एकमा दुई र अल्पसंख्यक एक जना निर्विरोध भएका छन् । सात जना पदाधिकारी र १४ सदस्य गरी २१ प्रदेश कार्यसमितिमा ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।

प्रतिकृया दिनुहोस्