OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १८, २०७७सुर्खेत
६६३ पटक

 १८ चैत २०७७, बुधबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र पठाउनुभएको छ ।

आज प्रदेश प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन फिर्ताका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दल कर्णाली प्रदेश गएको चैत्र ४ गते प्रदेश प्रमुख समक्ष पेश गरेको मुख्यमन्त्रीको लागि गरिएको समर्थन फिर्ताबारे कार्यालयले चैत्र ५ गते देखि लागू हुने गरी फिर्ता गरिएको पत्रको जानकारी ५ गते नै मुख्यमन्त्री शाही समक्ष जानकारी दिइएको थियो ।”

जस अनुरुप प्रदेश प्रमुख कलौनीको आदेशानुसार आज प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको सम्बन्धको पत्र पठाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी भएको दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यद्यपि यसरी राखिएको विश्वासको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित भएमा विद्यमान मुख्यमन्त्रीको नै निरन्तरता हुनेछ ।”

विज्ञप्तिमा उल्लेख गरिए अनुसार मुख्यमन्त्रीद्वारा प्रदेशसभामा गरेको उक्त विश्वासको प्रस्ताव पारित हुन नसकेमा विद्यमान मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने गर्दछन् र सरकार गठनको थप प्रक्रिया शुरू हुने गर्दछ ।

 

 

 

प्रतिकृया दिनुहोस्