OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १४, २०७७सुर्खेत
७३० पटक

 १४ चैत २०७७, शनिबार

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक चूली युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुमपश्चिमलाई ३० को सोझो सेटमा हराउदै उपाधि चुम्न सफल भएको हो ।

वीरेन्द्रनगरको जिल्ला खेलकुद विकास समितिको उत्तरतर्फको खेल मैदानमा भएको प्रतियोगितामा रुकुम पश्चिमलाई हराउँदै प्रथम चूली कप–२०७७ को उपाधिआयोजकले हात पारेको चुली युवा क्लवका अध्यक्ष महेश जि.सीले जानकारी दिनुभयो । प्रथम उपाधि हात पारेको चूली युवा क्लबले पुरस्कारस्वरुप रु.दुई लाख नगद ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम उपाधिको दाबेदार मानिएको रुकुमपश्चिमले दोस्रो स्थानमै चित्त बुझाएको छ ।

द्धितिय स्थान हात पारेको रुकुमपश्चिमले नगद रु.एक लाख पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र, तेस्रो स्थान हात पार्ने हाम्रो कम्प्युटर सुर्खेत रुं एक लाख र चौथो बनगाड कुपिण्डे युवा क्लवलाई रु.पचास हजार नगदसहित ट्रफी मेडल र प्रमान पत्र प्रदान गरिएको थियो । करिब चार दिनसम्म सुर्खेतमा भएको उक्त खुला पुरुष भलिबल प्रतियोगिताले आगामी दिनमा भलिबल खेललाई निरन्तरता दिलाउन सहयोग पुर्याएको बताईएको छ ।

 

प्रतिकृया दिनुहोस्