OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १०, २०७७
४३१ पटक

 १० चैत २०७७ मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित भलिबल प्रतियोगितामा पत्रकार टोली विजयी भएको छ ।

खेलकुद पत्रकार मञ्च र आयोजक चूली युवा क्लबबीच आज भएको मैत्रीपूर्ण भलिबल खेलमा पत्रकार टोलीले सोझो दुई सेटले जितेको हो । भोलि चैत ११ गते ११ः०० बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुहुने ‘चूली कप, २०७७’ को पूर्वसन्ध्यामा पत्रकार र क्बलबीच मैत्रीपूर्ण खेल भएको आयोजक क्लबका प्रतिनिधि अमर चन्दले जानकारी दिनुभयो ।

“पछिल्लो समयमा भलिबल खेलमा घट्दै गएको आकर्षण बढाउने उद्देश्यले मुलुक संघीय संरचना गईसकेपछि पहिलो पटक भलिबल प्रतियोगिता सञ्चालन गरेका छौं,” प्रतिनिधि चन्दले भन्नुभयो, “यसका लागि आजका दिनसम्म भलिबलतर्फ सात टोलीले आफ्नो नाम दर्ता गराएका छन् ।” उहाँका अनुसार खुला पुरुष भलिबल प्रतियोगिता भएकोले पुरुष जहाँकहीको टोलीले भाग लिन पाउने छ ।

प्रतियोगितामा पहिलो हुनेलाई रु.दुई लाख, द्वितियलाई रु.एक लाख ५० हजार, तृतीयलाई रु. एक लाख र सान्तवना हुने टोलीका लागि रु.५० हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई रु.१५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्