OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १०, २०७७सुर्खेत
१५०६ पटक

 १० चैत २०७७ मंगलबार

जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कर्णाली अँध्यारो हुँदा देश कसरी विकसित हुन सक्छ भनेर सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा बोलदै सांसद महतले सरकारले घुस दिएर नेपाल विकासशील मुलुकमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले कर्णालीका जनताले अहिलेसम्म बिजुली बाल्न नपाएको बेला कसले नेपाललाई विकाशील राष्ट्रमा प्रवेश गर्न लागेको प्रमाणपत्र दिन लाग्यो भन्दै प्रश्न गर्नुभयो ।

सरकारका मन्त्रीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा गएको प्रमाणपत्र आउन लागेको बताएको भन्दै सांसद महतले कर्णालीका जनताले अहिले पनि बत्ति नपाएर अँध्यारोमै बसेको कटाक्ष गर्नुभयो ।

उहाँले सरकारलाई व्यङ्ग्य गर्दै भन्नुभयो– ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ । प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर प्रमाणपत्र दिँदैछ र रु म जान्न चाहन्छु । जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन र रु यो कर्णालीका जनता यसबारे जान्न चाहान्छन् ।’

प्रतिकृया दिनुहोस्