OnlinePana

आज : २०८१ चैत्र ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ७, २०७७
३५८ पटक

७ चैत २०७७, शनिबार

मुगुको मिलिचौरमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा – ८ मुगु सिगाडी बस्ने हस्त रावलका छोरा १५ वर्षीय छोरा राजेन्द्र रावलको मृत्यु भएको हो ।

रारातालसँग जोडिएको माथिल्लो मिली चौर स्थित आफ्नै घोडामा चडी र घोडा चराउन गएको अवस्थामा एक्कासी घोडा तर्सिँदा घोडाको काँटिको डोरीमा खुट्टा अल्झन गई १५० मिटर परसम्म लतारिन जाँदा शरीरको विभिन्न भागमा चोटपटक लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिनुभयो ।

मृतको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याईएको उहाँले बताउनुभयो । मृतक किशोर कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई घोडामा सवार गराई सेवा दिँदै आइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्