OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७७सुर्खेत
९७९ पटक

 ६ चैत २०७७, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता मातृकाप्रसाद खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६० (२) बमोजिम खनाललाई उक्त पदमा नियुक्ति गरिएको थियो ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको समुपस्थितिमा उच्च अदालतका सुर्खेतका कायममुकायम न्यायधीश राजेन्द्र तिवारीले मुख्यन्यायधिवक्ता खनाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । उहाँलाई प्रदेश प्रमुख कलौनीले नियुक्त पत्र प्रदान गर्नुभयो ।

आठबीस नगरपालिका २ दैलेख सिगौंडी निवासी खनाल लामो समयदेखि अधिवक्ताका रुपमा काम गर्दै आउनुभएको थियो । फागुन २८ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यन्यायधिवक्तामा सिफारिस गरेको थियो । प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त हुनुभएका उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

यसअघिका मुख्यन्यायधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीना दिएपछि खनाललाई मुख्यमन्यायधिवक्तामा नियुक्त गरिएको हो । पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु नरेश भण्डारी, दल रावल, बिमला केसी तथा नन्दसिंह बुढा र प्रदेश सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्