OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७७सुर्खेत
६२९ पटक

६ चैत २०७७, शुक्रबार

कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले सर्वोच्च अदालतले मूल घरमा फर्काएको प्रतिक्रिया दिनुभएको छ । प्रदेशसभा सदस्य विष्टले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा यो कुरा बताउनुभएको हो ।

नेकपा खारेज गरी अदालतले पूर्ववत अवस्थाका नेकपा एमाले र माओवादी केन्द्र बनाएर आ–आफ्नो घर फर्काएपछि दुवै पार्टी नेता तथा कार्यकताहरुका साथै आफू पनि मूल घरमा फर्केको बताउनुभयो । “यस अघि मैले प्रदेश सरकारको आलोचना गरे । समीक्षा गर्दा सरकारको प्रतिपक्ष जस्तो देखिए । यद्यपि ठूलो दबाब हुँदाहुँदै जनताको पक्षमा उभिएर काम गरेको हो,” उहाँले भन्नुभयो ।

‘नेकपाभित्र एउटा पक्ष यामलाल कँडेल र अर्को सरकारी पक्ष थियो । हिजोको सहयोगको गम्भीर समीक्षा हुनुपर्छ, सरकार आफ्नो पार्टीको हुँदापनि अविश्वास प्रस्ताव, संसदमा आलोचना गरिएकै हो । अबपनि जनप्रतिनिधि, पार्टीको कार्यकर्ता भएकाले अदालतको फैसला र पार्टीको निर्देशन कार्यान्वयन गरी अगाडि बढ्ने कुरामा दृढ छु ।

नेपाल र विशेषगरी कम्युनिष्टहरुमा नजिक आए बडो क्रान्तिकारी र टाढा जाँदा दलाल, गद्धार भन्ने संस्कृति रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “हिजो नेकपा हुँदाको अवस्था थियो । त्यो अब रहेन । हिजो जे थियो, अब अध्याय सकियो ।” यद्यपि सामाजिक सञ्जालमा भईरहेको आलोचना भइरहेको उहाँको भनाई थियो ।

उहाँले अगाडि भन्नुभयो, “मैलें पार्टीभित्र न कुनै भ्रष्ट्राचार गरेको छु नत कुनै फौंजदारी अभियोग लाग्ने गलत कामहरु । कसैको कालो चिया पनि खाएको छ । धेरैले मलाई मन्त्री बन्न अफर गरेपनि त्यो स्वार्थमा म भूलिन । अहिले पनि धेरै ठूलो क्षति व्यहोरेर आएको छ । यसमा विना कारण आलोचना र दोष लगाउन आवश्यक छैन ।”

पछिल्लो चरणमा अपराधीरकण गरेजस्तो गरेर गरिएको गालीगलौज र आलोचना अनाहकको आरोप भएको भन्दै कम्युनिष्ट एकता गाईजात्रा जस्तो भएको व्यंग्य गर्नुभयो । अन्य पार्टीहरुले दिएको कुनै पदमा आफु नझुकेको भन्दै उहाँले हिजोदेखिको संघर्ष र उपलब्धिको रक्षार्थ पार्टीमा रहेर निर्वाध अघि बढने बताउनुभयो ।

अब ३० दिनभित्र मुख्यमन्त्रीले २१ जनाको बहुमत पुर्याएर अघि बढ्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारलाई सहयोग गरेर अघि बढ्ने यद्यपि कुनै पदको सावर्थ नरहेको जनाउनुभएको थियो । सोही सन्दर्भले नेपालको राजनीति यही अवस्थामा रहे मुलुकको संघीय व्यवस्था खतरामा रहेकोसमेत प्रदेशसभा सदस्य विष्टले खुलासा गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्