OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७७सुर्खेत
४०८ पटक

 ४ चैत २०७७, बुधबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले कर्णाली प्रदेश सरकार नढल्ने दाबी गर्नुभएको छ ।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले गरेका निर्णयहरु समग्र एमालेको नभएको औंल्याउँदै प्रदेश सरकार सुरक्षित रहेको दावी गर्नुभयो ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय आधिकारिक एमालेको निर्णय होइन, यो निर्णयमा एमाले स्वयं एकताबद्ध छैन,’ प्रमुख सचेतक नेपालीले भन्नुभयो, ‘केन्द्रीय राजनीतिको समीकरणअनुसार नै प्रदेशमा समीकरण हुन्छ, त्यही अनुसार परिस्थितिको सामना हुन्छ ।’

कर्णाली प्रदेश सरकारलाई नेकपा (एमाले)को समर्थन कायमै रहेको माधव नेपाल समूहले स्पष्ट पारेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले एक ध्यानाकर्षण पत्र जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको जनाउनुभयो ।

उहाँले एमालेबाट सरकारमा सहभागी मन्त्रीले समेत राजीनामा दिने सम्भावना नरहेको जनाउँदै भन्नुभयो, ‘सरकार अझै पनि बहुमतमा छ, एमालेको ओली समूहको १० जनाको गुटगत भेलाले सरकार फेरबदल हुन सक्दैन, ।’

कर्णालीमा प्रदेशमा ४० जना प्रदेशसभा सदस्यहरुमा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस छ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । यतिबेला एमालेभित्र ओली पक्षका १० जना प्रदेशसभा सदस्य रहेका छन् । केही समययता नेपाल समूहमा रहेका पदम रोकाया र पद्मा खड्का ओली पक्षमा लागेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्