OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७७काठमाडौं
५४० पटक

सोमबारको धुम्बाराहीः विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको ।

आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फोन गरे । त्यसबेला माधव ४ र ५ को राष्ट्रिय भेलाको विषयमा केही सहकर्मीसँग कुराकानी सकेर विश्रामको तयारीमा थिए । त्यहीबेला ‘नो नम्बर’ बाट फोन आयो । फोन रिसिभ हुनासाथ ‘हलो–हाई’ नभनी एकैचोटि स्वर गुञ्जियो, ‘भेटौँ न’ माधवले केपीको स्वर चिनिहाले र जवाफ पनि दिइहाले, ‘हुन्छ’ । केपीले ‘बालुवाटार आउनु न त’ भनी निम्तो गरे । माधवले भने, ‘त्यहाँ त आउँदिन † किन आउने ?’ ‘भेट्नैपर्ने हो भने भोलि पार्टी अफिसमा भेटौँ ।’

ओलीले भने, ‘हुन्छ त नि’ । माधवले भने, ‘तपाईंसँग म एक्लै त भेट्दिनँ । एक्लै भेटेर कुरा गर्नुको केही अर्थ छैन । कुरा एउटा हुन्छ, प्रचार अर्को गरिन्छ ।’ त्यसपछि केपीले माधवलाई ‘पाँच जना साथी लिएर आउनुस्, म पनि पाँच जना साथीलाई भन्छु’ भने । र, त्यहीअनुसार सोमबार ११ बजे धुम्बाराहीमा नेताहरु जुटे ।

सहभागी एक नेताका अनुसार, शुरुमा राम्रै कुरा भयो । कुरा हुँदै जाँदा अध्यक्ष र महासचिवबाहेक सम्पूर्ण पदाधिकारी खारेज गर्ने २८ गतेको बैठकको निर्णयबारे माधव पक्षबाट कुरा उठ्यो । कुरा टार्नका लागि केपीले भन्नुभयो, ‘बैठकमा आउनुभएन, त्यसदिन साथीहरुले तपाईंहरु सबैलाई खबर गरेको भन्थे त । जे–जसो भए पनि अब ७ गतेको बैठकमा सबैजना आउनुस् ।’ माधवले प्रतिवाद गर्नुभयो, ‘चारै उपाध्यक्ष, उपमहासचिव, सचिव र वरिष्ठ नेताहरुलाई खबर नहुने, त्यो पनि बैठक हुन्छ रु त्यो गुटको भेलामात्रै हो । त्यसको निर्णय पनि मान्दैनौँ । त्यसको वैधानिकता स्वीकार गर्दैनौँ ।’

केपीले भने, ‘तपाईंहरुले ४ गतेको भेला स्थगित गर्नुस् । ३ गतेको चियापानमा आउनुस’ । घनश्याम भुषालले भने, ‘२८ गतेको निर्णय फिर्ता नहुने हो भने बाँकी कुराहरु गरिराख्नै परेन । हामीलाई न चिया पिउने रहर छ, न ४ गतेको भेला रोकेर ७ गतेको बैठकमा जाने मन छ ।’ घनश्यामको कुरालाई माधवले टुंग्याए, ‘हामी आउँदैनौँ ।’

त्यसपछि २८ गतेको निर्णयबारे फेरि कुरा चल्यो । सच्याउन वा फिर्ता लिन नसकिने भन्दै ईश्वर पोखरेलले जवाफ दिए, ‘कहाँ हुन्छ अब रु जे भयो–भयो’ विष्णु पौडेलचाहिँ निकै नरमसाथ पेश भइरहनुभएको थियो । ‘छलफल गरौँ । एउटा निश्कर्षमा पुग्न सकिन्छ’ भनेर विष्णुले कुरा राख्दै गर्दा फेरि ईश्वर कराए ‘कहाँ हुन्छ रु’

खास कुरा रहेछ, साढे दुई वर्षदेखि गुमेको ईश्वरको महासचिव पद सर्वोच्चको फैसलाले फिर्ता गरिदिएको र त्यति नै अवधी चलाइसकेको महासचिवबाट विष्णुले उपमहासचिवमा झर्नुपरेको विष्णु ‘मिलौँ–मिलाऔँ’ भन्ने, ईश्वर ‘कहाँ हुन्छ’ भन्दै पड्किहाल्ने ।

ईश्वर र विष्णुबाट कुरा बिग्रिन थालेपछि सुवास नेम्वाङ भन्दै थिए, ‘केही उपाय त खोजौँ’ त्यसो भन्दा फेरि ईश्वर ‘कहाँ हुन्छ’ भन्दै बम्किने ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्