OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ३, २०७७ सुर्खेत
४१० पटक

३ चैत २०७७, मंगलबार

आठबीस नगरपालिका ३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव दश दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ ।

फागुन २४ गते रजनी, उनका आमा सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली नदीमा हाम फालेका थिए । रजनीको शव आज दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटिएको छ ।

बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि पोष्टमार्टमका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।

नदीमा हाम फालेर बेपत्ता भएका ३५ वर्षीय आमा सुकु बडुवाल, १४ वर्षीया छोरी कल्पना ११ वर्षीया सरिता बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया छोरी रजनी बडुवाल रहेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव भने यही फागुन २५ गते यसअघि शव भेटिएका चारै जनाको दाहसंस्कार भइसकेको छ ।

प्रतिकृया दिनुहोस्