OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ३, २०७७ सुर्खेत
३७३ पटक

३ चैत २०७७, मंगलबार

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षिया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई तीन वर्ष ६ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाई दिएको हो ।

अदलातले झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर गरेपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले बताउनुभयो । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार समेत गरिएको श्रेष्तेदार बास्कोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्