OnlinePana

आज : २०८० मंसिर १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २, २०७७सुर्खेत
३२४ पटक

 २ चैत २०७७, सोमबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित चुली युवा क्लवले यही चैत ११–१४ गतेसम्म प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

कर्णालीमा पहिलोपटक सर्वाधिक पुरस्कार राशीसहित भलिबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष महेश जिसीले बताउनुभयो । सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि क्लवले प्रदेशमा खेलकुदको प्रवद्र्धनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ । ‘कर्णाली प्रदेशमा खेलकुदको क्षेत्रमा लगानी कम गरिएको छ र जसको कारण खेलकुद क्षेत्रको राम्रोसँग विकास हुन सकेको छैन’ क्लवका अध्यक्ष जिसीले भन्नुभयो, ‘सरकारी लगानी नहुँदा विभिन्न निजी क्षेत्रबाट सहयोग जुटाउन बाध्य भएका छौ ।’ सरकारी निकायबाट सहयोग नहुँदा खेलकुद क्षेत्र फस्टाउन नसकेको जिसीले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताका लागि देशैभरबाट टिम दर्ता गर्न सकिने बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु.दुइ लाख, द्धितीयलाई रु.एक लाख ५० हजार, तृतीय हुनेलाई रु.एक लाख र सान्त्ववनाका लागि रु.५० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीलगायतका अन्य विभिन्न विधामा उत्कृष्ट हुनेलाई पनि रु.सात हजारदेखि १५ हजारसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

‘भलिबल खेल्न चाहनेहरुका लागि यो सुनौलो अवसर हो । यो कर्णालमिा भएका खुला भलिबल मध्ये सबैभन्दा ठूलो पुरस्कार राशीसहितको पुरुष भलिबल प्रतियोगिता हो ।’ क्लवका अध्यक्ष जिसीले भन्नुभयो, ‘आगामी चैत ३–१० गते साँझ पाँच बजेसम्म टिम दर्ता गर्न सकिनेछ ।’ टिम दर्ताको लागि रु.१० हजार शुल्क लाग्ने रेफ्री एवं संयोजक अम्मरबहादुर चन्दले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र गिरीले यस प्रतियोगिताले प्रदेशको गौरव बढाउनमा सहयोग गर्ने बताउनुभयो । यस्ता खालका कार्यक्रममा सरकारी निकायले पनि सहयोग गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्