OnlinePana

आज : २०८० मंसिर १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २८, २०७७सुर्खेत
३५० पटक

 

 २८ फागुन २०७७, शुक्रबार

कर्णाली उत्सवः कुडा कर्णालीका’ बहसको दोस्रो दिन आजको पहिलो सत्रमा ‘कर्णाली घुमाउटो पड्यो’ विषयमा बहस भएको छ । कर्णालीको आर्थिक क्षेत्रका अवसर र समस्याका विषयमा थालिएको बहस सामाजिक अभियान्ता डा.रेणु अधिकारीको सहजीकरणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, योजनाविद् डा.दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले संवाद गर्नुभयो ।

बहसमा आयोगका उपाध्याक्ष प्राडा.कँडेलले बिगतको कर्णालीको सवल इतिहास कायम गर्न यसलाई ‘माउन्टेन ग्रीन इकोनिमक’ बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “१२औं शताब्दीमा कर्णाली राज्य सवल राज्य थियो । नेपाल एकीकरणपछि यो दुर्बल बन्दै गयो । कर्णाली विगतमा आत्मनिर्भर थियो । तर अहिले कर्णाली परनिर्भर बन्यो । त्यसका कारण अनेक छन् ।”

समय कालखण्डमा २०४ वर्षसम्म जुन शासन प्रणाली रह्यो त्यसले कर्णालीलाई हेर्ने दृष्टिकोण फरक बनाएर पछि पारेको उहाँले संकेत गर्नुभयो । कर्णालीको विकास हिजोको गौरवशाली इतिहासलाई जोडेर हेर्नुपर्ने बताउँदै उहाँले अब प्राविधिक तथा व्यवसायिक शिक्षा, अर्गानिक वस्तु उत्पादन र ७० प्रतिशत व्यापार उद्यमशीलतामा विषेश जोड दिन आवश्यक देखिएको उहाँको भनाई थियो ।

बहसका क्रममा योजनाविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले कर्णालीको विकास घुमाउरो नभएर घुम्टोभित्र छोपिएको तर्क गर्नुभयो । कर्णालीको घुम्टो उठाउन सके नेपाल सरकारले लिएको समृद्धिको राष्ट्रिय आकांक्षा पुरा हुने दावी उहाँले गर्नुभयो । कर्णालीले प्रविधिलाई आत्मसात गर्दै अगाडि बढे यसलाई विश्वभरी चिनाउन सकिने उहाँको भनाई थियो ।

कर्णाली योजना आयोगका सदस्य योगेन्द्र शाहीले पशुपालन क्षेत्रमा ह्रास आएका कारण कर्णालीमा गरिबी बढेको प्रष्ट्याउनुभयो । “कर्णालीको प्राचीन कृषि प्रणाली लोप हुँदै जाँदा पछि परेको छ” सदस्य शाहीले भन्नुभयो, “च्यारिटी मोडेलमा कर्णालीको विकास गर्न खोजियो ।” प्रचुर सम्भावना भएको कर्णालीले अहिले पनि करोडौँका उत्पादनहरु निर्यात गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्