OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २७, २०७७सुर्खेत
२८० पटक

 २०७७ फागुन २७ बिहीबार

दैलेख जिल्लाको आठबिस नगरपालिका १ दैलेख स्यालाघाटस्थित क.प्र. ०२४७ नम्बरको मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

कालिकोटबाट सुर्खेतको लागी छुटेको उक्त मिनिबस स्यालघाटस्थित आज ११ बजेतिर दुर्घटना हुँदा शुभकालिका गाउँपािलका १ कालीकोट भर्ता निवासी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिका ८ कालीकोट लालु निवासी २१ वर्षीय कमल विश्वकर्माको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार एकै दिशामा गुडिरहेको सवारीलाई अभरटेक गर्ने क्रममा सडकबाट करिब ४०÷५० मिटर तल कर्णाली नदी तिर खसी सल्लाको दुईवटा रुखमा अड्की दुर्घटना भएको थियो । अन्य १६ जना मनिसहरुलाई स्थानीय दैलेख पाल्तडास्थित शाही मेडिकलमा उपचारका लागि पठाईएको प्रहरी बरिष्ठ उपरीक्षक ठकुरीले बताउनुभयो ।

घटनामा अन्य १६ जना रिफर भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाईएर उपचार भईरहेको र एक जना शाही मेडिकलबाट आफुखुसी हिडेका चालक जिल्ला दैलेख ठाँटिकाँध गाउँपालिका ४ दैलेख निवासी ३४ वर्षीय ईन्द्रबहादुर वि.क.सम्पर्कमा नरहेकोले खोजतलास जारी रहेको जनाईएको छ ।

प्रहरीका अनुसार घाईते हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत निवास तथा कालीकोटमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमल बिसी, राजापुर नगरपालिका ९ बर्दिया घर भई जिप्रका कालीकोटमा कार्यरत प्रहरी जवान निरञ्जन थारु, दाङ् निवासी जिप्रका कालीकोटका प्रहरी जवान रमेश चौंधरी, मान्म खाँडाचक्र नगरपालिकाका ४२ वर्षीय कुशु शाही, शुभकालिका गाउँपालिका ३ कालीकोटका २५ वर्षीय तीर्थराज शाही रहनुभएको छ ।

त्यस्तै, शुभकालिका गाउँपालिका २, ४९ वर्षीय दिर्घबहादुर शाही र कलेन्द्रजंग शाही, सोही गाउँपालिकाका ५, ६ र ७ निवासी क्रमश ४४ वर्षीय दिलबहादुर रोकाया, ४४ वर्षीय धिरेन्द्रबहादुर शाही र २२ वर्षीय तर्कराज शाही रहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, खाँडाचक्र नगरपालिका १ कालीकोट निवासी ४६ वर्षीय दिपबहादुर शाही, वडा नम्बर २ निवासी ३३ वर्षीय भरतबहादुर शाही, कनकासुन्दरी गाउँपालिका ४ जुम्ला निवासी ४५ वर्षीय नवबहादुर बुढा र ठाँटीकाँध गाउँपालिका १ दैलेख निवासी भूपेन्द्र शाही र महाबु गाउँपालिका ५ कालीकोट निवासी २१ वर्षीय विवश शाही पनि घाईत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्