OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २५, २०७७जुम्ला
४६५ पटक

 २५ फागुन २०७७, मंगलबार

यदि कसैले एक छाक सादा खानाको कति पर्छ भनेर सोध्यो भने त्यसको सहजै जवाफ आउन सक्छ सामान्यतया १०० वा १२० । तर, जुम्लाको कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्सामा भने रु.१२ देखि ४१ शाकाहारी खाना खाने व्यवस्था मिलाईएको छ ।

त्यहाँ अध्ययनरत विद्यार्थीहरुले आफ्नै नियम बनाएका छन् । एक वर्षको लागि शुरुमै रु.१२ देखि १५ हजार मेसमा बुझाएर उनीहरुले शाकाहारी खाना खाने गरेका छन् । विद्यार्थीको संख्याअनुसार यसरी खानाको मूल्य घटबढ हुने शिक्षालयका लेखा शाखाका प्रमुख प्रकाश गैरेले बता्उनुभयो । हाल ७० जनाले विद्यार्थीले सो सामुहिक मेसमा खाना खाँदै आइरहेका छन् । दाल, भात, तरकारी र अचारसहितको खानाको न्यूनतम रु.१२ देखि ४१ पर्ने गरेको जनाईएको छ ।

हाल शिक्षालयको कृषि विषयमा अध्ययनरत सामुहिक भान्साको अगुवाई गर्दै आउनुभएका हुम्लाका जसबहादुर एैरीका अनुसार ‘मासु भात खाँदाचाहीँ महङ्गो हुने भएपनि सरदर प्रति छाक रु.२० मा खाना खान सकिन्छ ।’ खाना बनाउनका लागि विभिन्न संकायका विद्यार्थीले पालैपालो बनाउनुदै आएका छन् । अहिले शिक्षालयले भान्साका लागि भनेर एक जना कर्मचारी व्यवस्थापन गरेको जनाईएको छ ।

नेपाल सरकारको छात्रवृतिमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले मासिक रु.तीन ५०० तिरेर खाना खाईरहँदा कृषि विषयमा अध्ययनरत विद्यार्थीले सस्तोमा खाना खाने उपयोगी तरिका अपनाउँदा यसले सर्वत्र सकरात्मक सन्देश दिएको छ । विद्यार्थीहरुको उक्त कार्यले सामुहिक भावले हरेक काम सहज र सजिलै गर्न सकिन्छ भन्ने प्रष्ट्याएको छ भने अर्कोतर्फ फजुल खर्च हुनबाट बचाएको छ ।

प्रतिकृया दिनुहोस्