OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २५, २०७७सुर्खेत
३५९ पटक

२५ फागुन २०७७, मंगलबार

दैलेखको आठबीस नगरपालिका ३ दैलेख निमाईलका एकै घरका पाँच जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

आमासहित चार जना बालबालिकाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आशंका दैलेख प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले दुईवटा बालिकाको शव कर्णाली नदीमा भेटेपछि उनीहरुले कर्णाली नदीमा हामफालेको आंशका गरिएको जनाउनुभयो ।

हाम्फालेको आशंका गरिएका मध्य १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका ४ स्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भेटिएको शवको सनाखत भईसकेको छ । नदीमा हाम फालेर बेपत्ता भएको शंका गरिएका ३५ वर्षीय आमा सुकु बडुवाल, ८ वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाललाई भेटाउन सकिएको छैन ।” गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य सोमबारदेखि नै थालिएको उहाँले जनाउनुभयो ।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै ईलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाईएको छ । बेपत्ता सुकुमाया सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान गएकी तर माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमानले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झै–झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेको हुन सक्ने आंकलन गरिएको छ । त्यो पीडा सहन नसकेर उक्त घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । नेपालभर १११औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका ३ दैलेखको निमाईल बस्ती शोकाकुल बनेको थियो ।

प्रतिकृया दिनुहोस्