OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७७सुर्खेत
४८४ पटक

 

 २४ फागुन २०७७, सोमबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकाय स्कूल अफ ल कार्यक्रमका निर्देशक अर्जुनबहादुर अयडीसहित तीन उपप्रध्यापकहरुले संयुक्त राजीनामा दिएका छन् ।

यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तरगत सञ्चालित स्नातक तह (बी.एल.एल.बी) को शैक्षिक सत्र २०७७÷०७८ को नयाँ भर्नाका लागि लिईएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिन्ह खडा गरिएको भन्दै निर्देशक अयडी, उपप्रध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आईतबार राजीनामा दिएका हुन् ।

उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरुपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन् । तीन दिनसम्म लिईएको बी.एल.एल.बीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरु रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।

विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञहरुको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदनसमेत दर्ता गरिएको बताउनुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा.नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताउनुभयो । “विद्यार्थीहरुले भने अनुसार त्यसरी कमजोरी भएको देखिँदैन । यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानविन गर्नैपर्छ ।” स्कल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आईतबारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताको आधारमा संयुक्त राजीनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ ।

प्रतिकृया दिनुहोस्