OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २४, २०७७ सुर्खेत
४४४ पटक

२४ फागुन २०७७ सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वभरका महिलाहरुको महान् उत्सवका रुपमा मनाईदै गरेको १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले समग्र महिला दिदीबहिनीहरुमा लैङ्गिक समानता, सशक्तिकरण र अधिकार सुनिश्चितताका साथै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले कूल जनसंख्याको आधा हिस्सा ओगेटको महिलाले हरेक क्षेत्रमा पुरुष सरह समान अवसर उपभोग गर्न पाउने वातावरण तयार गरी लैङ्गिक तथा सामाजिक विभेद हटाउनुुपर्नेमा जोड दिनुभएको छ ।

मुख्यमन्त्री शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि संविधानप्रदत्त हक अधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्न हामीले विशेष प्रयास गरिरहेका छौं । यस सन्दर्भमा प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको कार्यक्रम’, ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन कार्यक्रम’ लगायतका कार्यक्रमहरुले महिला र पुरुषबीच रहेको विभेद अन्त्यका लागि महत्वपूर्ण कोशेढुंगाको काम गर्ने विश्वास लिएको छु ।”

लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको हाम्रो संविधानले प्रत्येक महिलालाई विना भेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा सम्पत्ति एवं पारिवारिक मामिलामा समान हकलगायतका अधिकार सुनिश्चित गरेको कुरा उल्लेख गर्दै उहाँले यो दिवसले महिलालाई सबै किसिमका अन्याय र विभेदविरुद्ध बोल्न सक्ने प्रेरणा मिल्ने विश्वास रहेको बताउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्