OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०७७काठमाडौं
५२४ पटक

२१ फागुन २०७७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।

आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको बताउँदै प्रचण्डले भने, ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ।’ उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गरे ।

सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो।

प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणबस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताए । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्