OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०७७काठमाडौं
४०६ पटक

१३ फागुन २०७७, बिहीबार

काठमाडौं । मालपोत कार्यालयमा सेवाग्राहीले बुझाएको रकम राजश्व खातामा जम्मा नगरी हिनामिना गर्ने मालपोत कार्यालय चितवनका अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।  ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत हुँदा ५७ वर्षीय परियारले राजस्व उठेको पैसा नक्कली बैंक भौचर रेकर्डमा राखेर हिनामिना गरेको आरोप छ ।

राष्ट्रिय बाणिज्य बैंक भरतपुरको भौचर, छाप र कर्मचारीको हस्तक्षर किर्ते गरेको भेटिएपछि रिठ्ठेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी सहकुल थापाले रातोपाटीलाई बताए ।

ब्यूरोले उनलाई तार्केश्वर नगरपालिका–६ जितपुरफेदीबाट पक्राउ गरेको हो । राजस्व बापत उठेको रकम रिठ्ठे सहितका सरकारी कर्मचारीको मिलेमतोमा १ करोड १७ लख हिनामिना गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

राजस्व रकम हिनामिना हुँदा रिठ्ठे त्यहाँ लेखा अधिकृत थिए । सरकारी छाप दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाइएको डिआईजी थापाले बताए । रातीपाटीबाट

प्रतिकृया दिनुहोस्