OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
लक्ष्मी भण्डारीफागुन ९, २०७७सुर्खेत
२९९ पटक

 ९ फागुन २०७७, आईतबार

जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि वडाहरुमा सचेतना अभियान सञ्चालन गरिने भएको छ ।

जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता पाउन समस्या आएको जनगुनासो आएपछि यसलाई सहजता ल्याउन गाउँमा अभियान सञ्चालन गरिने भएको हो । शान्तिका लागि साझा अभियान (कोक्याप) कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सामाजिक सुरक्षा ऐन, २०७५ तथा नियमावली २०७६ मा भएको व्यवस्थाका बारेमा वडा कार्यालय तथा टोल टोलमा गएर सचेतना फैलाउने निर्णय गरेको छ । अपांग समाजका प्रदेश संयोजक नन्दप्रसाद चौलागाईले अझैपनि जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनको लागि कठिन भएको भन्दै यसलाई सहज बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

धेरैजसो बैंकका कार्यालयहरु माथिल्लो तलामा हुने भएकाले जेष्ठ नागरिकलाई असहज भएको बताउनुभयो । ‘धेरैजसो बैंकका कार्यालयहरु माथिल्लो तलामा छन् यस्तोमा अपांगता तथा अशक्त भएकालाई आउन मुस्किल हुन्छ’ उहाँले भन्नुभयो, ‘यसको लागि वडाहरु र टोलमा समन्वय गरेर अपांगता भएका तथा अशक्त जेष्ठ नागरिकको लागि टोलमा गएर भत्ता वितरण गर्ने व्यवस्था गरिनुपर्दछ ।’

जेष्ठ नागरिक महासंघका कोषाध्यक्ष कृष्णप्रसाद पौडेलले जेष्ठ नागरिकलाई बैंकमा गएर भत्ता लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता रहेको भन्दै यसलाई सहज तरिकाले मिलाएर वितरण गरिनुपर्ने बताउनुभयो । यसको लागि वडा र टोलमा गएर समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो ।

शान्तिका लागि साझा अभियान(कोक्याप) का शान्ता भुसालले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्