OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ९, २०७७
६४९ पटक

९ फागुन २०७७, आईतबार

चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले थाहाकर्मी पत्रकार दिलमाया शाहीलाई टेलिफोनमा गरेको कुराकानीको बिषयमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानाकर्षण गरेको छ ।

महासंघले शनिवार जारी गरेको विज्ञप्तिमा थाहा खबर जुम्लाका सम्वाददाता दिलमाया शाहीद्वारा लिखित समाचारको विषयलाई लिएर चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख कान्तिका सेजुवालले टेलिफोनमा मार्फत अशिष्ट, असभ्य भाषा प्रयोग गरी धम्की दिएको घटनाप्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

महासंघले प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुदाहुदै यस्तो कार्य गर्नुले स्वतन्त्र प्रेस जगतमाथिको हस्तक्षेप पत्रकार शाहीलाई असुरक्षित बनाउनुका साथै सार्वजनिक पदधारण गरेका जिम्मेवार ब्यक्तिवाट प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको बताईएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव दिपेन्द्र शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छः प्रेसमाथि कुनैपनि पक्षवाट यस्ता उच्छृंखल र गैरकानुनी कार्य गरिनु झन निन्दनीय हो । त्यसर्थ, पत्रकारमाथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिदै स्वतन्त्र, निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षसंग माग गर्दछौं ।

अडियोमा पत्रकार दिलमाया शाहीले लेखेको समाचारका बिषयमा मेयर सेजुवालले गरेको कुराकानीको थाहा खबरको यूटयूवमा सार्वजनिक अडियोमा “वेकुप केटी त यहाँ आईजा मेरो कार्यकक्षमा” सहितका अशिष्ट भाषाको अडियो संवाद उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्