OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७७ सुर्खेत
९४३ पटक

७ फागुन २०७७, शुक्रबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकारले अस्पतालबाट बहुआयमिक सेवा दिलाउने गरी अघि बढेको बताउनुभएको छ ।

प्रदेश अस्पतालको १५औं स्थापना दिवसमा बोल्दै मन्त्री केसीले बहुआयमिक सेवा प्रवाह गर्न र कर्णालीका जनतालाई नेपालगञ्ज, काठमाडौं जान नपर्नेगरी सेवा दिन स्तरवृद्धि गरिने बताउनुभयो । प्रदेश अस्पतालमा भएका बाधा हटाएर हिड्ने कुरालाई सहजीकरण गर्दै हामी उपकरणको तिर्ने पैसा मात्र नभएर थप्ने कुरामा पनि ध्यान दिएका छौं ।

“प्रदेश अस्पतालको स्तरोन्नति गरौं । सबैले सुर्खेत अस्पतालबाट सेवा लिन पाउने गरी यसको विकासमा लागौं,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको तपाईको साथमा छ । निर्धक्कका साथ काम गर्न आग्रह गर्दछु ।”

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सरकारले दरबन्दी सृजना गर्ने, सेवा विस्तार र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रोत्साहनको व्यवस्थापन गर्न सुझाउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिगतभन्दा अहिले सेवा राम्रो भएको यद्यपि अब मोबाईल एप्सबाट सेवाग्रहीले सेवा पाउने गरी अस्पतालले अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले अस्पतालाई राजनीतिक थलो बनाउन खोज्दा अपेक्षित सफलता हाँसिल नभएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेर हामीले सिटीस्क्यान ल्याईएको जनाउँदै उहाँले भन्नुभयो, “अध्याधुनिक सामग्री थन्क्याउन ल्याईएको होइन, तीनसय शैयामा प्रयोग गर्ने र कर्णालीका जनतालाई सेवा दिनका लागि हो ।”

निर्देशक डा. खड्काले अस्पतालमा ३२५ जनाको दरबन्दी भएपनि काम गर्ने जनशक्ति ८७ जना रहेको र विकास समितिका कारण अँझ बढी बाधा भएको बताउनुभयो । एक दुई जनाका कारण चालु आव.को साउन १ गतेबाट आर्थिक कारोबार रोकिएको समेत निर्देशक डा.खड्काले गुनासो गर्नुभयो ।

राजनीतिक स्वार्थका लागि कलियुगको दूर्योधन र रावण भएर निस्केको कटाक्ष गर्दै उहाँले आफ्नो सेवा निर्वाध अघि बढाएको बताउनुभयो । निर्देशक डा.खड्काका अनुसार कर्णाली प्रदेशमै सबैभन्दा बढी ५१ हजार १६० जनाको कोरोना परीक्षण गरिएको र त्यसमा पाँच हजार ३५८ संक्रमित भएका थिए ।

प्रतिकृया दिनुहोस्