OnlinePana

आज : २०८३ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७७काठमाडौं
९९८ पटक

राष्ट्रिय समाचार समिति (राससले) यो वर्षको उत्कृष्ट आलेखको पुरस्कार जुम्लाका विजय रावतलाई पुरस्कृत गरेको छ । राससको ६० औँ वार्षिकोत्सवको अवसरमा आलेखतर्फको पुरस्कार कर्णाली प्रदेश जुम्लाबाट राससमा कार्यरत रावतलाई पुरस्कृत गरेको हो ।

रावत जुम्लामा रहेका पत्रकारिता गर्दै आएका छन् । रावत जुम्ला बाट प्रकाशित कर्णाली सरोकार दैनिक , हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि कार्यरत हुनुहुन्छ । पत्रकार रावत नेपाल पत्रकार महासंघ जुम्लाका सदस्य समेत हुन ।

राससले यस बर्ष वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरेको छ ।

पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नं २ बाट गोपाल बराल (महोत्तरी), वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत गरिएको छ ।

यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट बागलुङ), कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) रहेका छन् ।

राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस अर्थात प्रजातन्त्र दिवसको उपलक्ष्यमा संचार सूचना तथा प्रविधि मन्त्री पार्वत गुरङको प्रमुख आथित्यमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्