OnlinePana

आज : २०८० आश्विन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७७सुर्खेत
१०९८ पटक

७ फागुन २०७७, शुक्रबार

भेरीगंगा नगरपालिका ५ सुर्खेत कालीदमारबाट बिहीबार छ ग्राम ५९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी ब्यूरो, कर्णाली लागुऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार अपरान्ह १५ः०० बजे सुर्खेत–नेपालगंज सडक खण्डको नेपालगंजदेखि जहरेसम्म जाँदै गरेको बा ४ ख १९६१ नम्बरको यात्रुबाहक हाईस रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका. ९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

उनलाई जाँच क्रममा थापाको ज्याकेटको बाँया पट्टिको खल्तीमा तीनवटा प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको ३ ग्राम ४७० मिलिग्राम र ३ ग्राम १२० मिलिग्राम धुलो पदार्थ गरी छ ग्राम ५९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ वटा ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ वटा ट्याब्लेट गरिएको थियो । त्यसको साथै उनकै साथबाट नेपाली रु.एक हजार ५०५ र एक थान भिभो कम्पनीको मोबाईल बरामद गरिएको र कारवाहीका लागि उनको आवश्यक अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्