OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०७७सुर्खेत
३६२ पटक

६ फागुन २०७७, बिहीबारtwitter sharing button

कर्णाली प्रदेश सरकारले प्राङगारिक खेती प्रवद्र्धन तथा रैथानेबाली संरक्षण दिवस मनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा प्रदेश सरकारले सो दिवस मनाएको छ । दिवसको अवसरमा कृषि मन्त्रीको नेतृत्वमा सुर्खेत बजारमा र्याली पनि निकालिएको थियो । आयात प्रतिस्थापन गर्न तथा रैथानेबाली उत्पादन र प्रवद्र्धन गर्ने हेतुले मनाईएको सो दिवस कार्यक्रमस्थलमा कर्णालीमा पाईने स्थानीय अर्गानिक रैथाने खाद्य सामाग्रीको प्रदर्शन समेत गरिएको थियो ।

smart

कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो बैठकबाट नै कर्णालीलाई अर्गानिक प्रदेश बनाउने नीति लिएको थियो । प्रदेश सरकारको एउटा महत्वपूर्ण कदमका रुपमा अर्गानिक प्रदेश बनाउने निर्णयलाई अभियानमा रुपमा अघि बढाईएको थियो । जस अनुसार कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा निर्माण गर्न विभिन्न कृषि कार्यक्रम सञ्चालन भईरहेका छन् ।

 

email sharing button
sharethis sharing button

 

 

प्रतिकृया दिनुहोस्