OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ६, २०७७सुर्खेत
४४८ पटक

६ फागुन २०७७, बिहीबार

लामो समयको पखाई पछि कर्णाली प्रदेश लोक सेवा आयोग गठन भई यसले पूर्णता पाएको छ । कर्णाली प्रदेश सरकारले आयोगको गठन कार्यमा पूर्णता दिएको हो ।

गठित आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । आयोगका सदस्यहरुमा श्रीमती वसन्तीकुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त हुनुभएको हो ।
आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । त्यस्तै आयोगका सदस्यहरुलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

विसं.२०४४ साल पूर्व शिक्षक भएर आफू पढ्दै पढाउँदै गर्नुभएका विसं.२०४५ सालमा माध्यमिक विद्यालय निरीक्षक नाम निकाल्नुभएका उपाध्यायले बाजुरा बाँके जिल्ला हुँदै शिक्षा मन्त्रालयका सहसचिव समेत हुनुभएको थियो ।

नारायण नगरपालिका ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका १२ सुर्खेत बस्दै आउनुभएका अध्यक्ष उपाध्याय क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृतिभरण हुनुभएको थियो । आयोगमा मुख्यमन्त्री शाहीको कोटाबाट अध्यक्ष उपाध्याय, विपक्षी दलका नेताको कोटाबाट वसन्तीकुमारी सिंह शाही र सभामुख शाहीको कोटाबाट खड्का नियुक्त भएको जनाईएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायले संघीय लोक सेवा आयोगसँग समन्वय गरेर प्रदेशको नीति, विधि, ऐन, नियम बनाउने, सो प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभएको छ । आयोग गठन हुनुले अब कर्णालीमा अभाव भएको जनशक्ति जतिसक्दो चाँडो पुरा हुने र यहाँको अब्बल जनशक्तिले बाहिरनु पर्ने अवस्था नआउने अपेक्षा गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्