OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०७७काठमाडौं
६६९ पटक

५ फागुन २०७७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे कार्यकालको उपलब्धीहरुको सूचिमा लोडसेडिङको अन्त्य गरिएको विषय पनि समावेश गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुलमान घिसिङले लोडसेडिङ हटाएको र ओलीले कुलमान हटाएको भन्दै प्रधानमन्त्रीलाई व्यंग गरेका छन्। सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘‘कुलमानले लोडसेडिङ हटाए, ओलीले कुलमानलाई हटाए, त्यसैले ओलीले लोडसेडिङ हटाए। यसलाई भनिन्छ ‘थ्योरी अफ ट्रान्सीटिभिटी।’

२०७४ फागुन ३ गते तत्कालिन नेकपा (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा अत्यधिक बहुमतको सरकार बनेको थियो। सरकारले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धीहरुलाई समेटेर सोमबार प्रगति बिवरण सार्वजनिक गरेको थियो। तर, सरकारको प्रगति बिवरण पनि विवादरहित हुन सकेन।

Capture

सोमबार ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपलब्धीहरुको लामो फेहरिस्त पेश गरेका थिए। सरकारलाई काम गर्न संसद र आफ्नै दल बाधक रहे पनि आफ्नो कार्यकालमा अद्धितीय उपलब्धी हासिल भएको ओलीको दावी छ।

उपलब्धीको सूचिमा ओलीले आफ्नै कार्यकालमा लोडसेडिङको अन्त्य गरेको अत्यन्तै झुटो बिवरणसमेत समावेश गरेका छन्। उनले आफ्नो पहिलो कार्यकालको सरकारले लोडसेडिङ हटाउने योजना बनाएको र त्यो सफल भएको दावी गरेका छन्।

तर, यथार्थ भने त्यसको बिल्कूल विपरित रहेको भन्दै उनको आलोचना भइरहेको छ। ओलीले लोडसेडिङ होइन, चिलिमे आयोजनामा हुँदा उनकै निर्देशनमा तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीले कुलमान घिसिङलाई जिम्मेवारीबिहीन बनाएकी थिइन्। २०७३ साउनमा तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछि घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो।

प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई काम गर्ने वातावरण सिर्जना गरिदिएका कारण लोडसेडिङ हटाउने चुनौतीपूर्ण काममा सफलता मिलेको थियो। त्यसअघि प्रधानमन्त्री प्रचण्डले मुकेश काफ्ले लगायत प्राधिकरणका पूराना अनुहार हटाउन कांग्रेस सभापति देउवालाई कन्भिन्स गरेका थिए। यी सबै उपलब्धीहरुको जगमा प्रचण्ड नेतृत्वको सरकारकै कार्यकालमा लोडसेडिङको अन्त्य भएको थियो। लोकपाटीबाट

प्रतिकृया दिनुहोस्