OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ४, २०७७सुर्खेत
६६६ पटक

 

४ फागुन २०७७, मंगलबार

कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय परिवर्तन गर्ने अन्तिम तयारी गर्नुभएको छ ।

सचिवालयका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, स्वकीय सचिव सुमन शाहीलाई सचिवालयबाट बिदाई गर्न लाग्नुभएको जनाईएको छ । स्वकीय सचिवालयका सदस्यहरुको राजीनामा पत्र तयारी अवस्थामा रहेको छ ।

बिदाई हुन लागेका एक स्वकीय सचिवले भने ‘हाम्रो राजीनामा पत्र तयारी अवस्थामा रहेको छ , अहिलेसम्म जे जति काम गरियो, सबै राम्रैका लागि गरिएको भन्ने हामीलाई लागेको छ । अब अन्य साथीहरुलाई मुख्यमन्त्री ज्यूको सचिवालयमा रहेर काम गर्ने अवसर मिलेको छ ।’ यसबाट पार्टीका साथीहरुलाई आलोपालो भन्ने बुझ्दा पनि हुन्छ ।’

नयाँ प्रमुख स्वकीय सचिवमा विष्णुबहादुर बिक (विकल्प) जुम्ली ले जिम्मेवारी पाउने भएको स्रोतले जनाएको छ । विकल्प युद्ध कालदेखि नै दलित मुक्ति मोर्चामा काम गर्दै आएको बताईएको छ । कालिकोटका शुभकालीका गाँउपालिकाका कृष्ण आचार्य पनि मुख्यमन्त्रीको स्वकीय सचिवालयमा भित्रने तयारीमा रहेको र एकजना कसलाई नियुक्त गर्ने भन्ने विषयमा छलफल भईरहेको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

तीन दिनअघि मात्रै कर्णाली सरकारका महान्याधिवक्ता विद्याभुषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका थियो ।

प्रतिकृया दिनुहोस्