OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २, २०७७सुर्खेत
२७६ पटक

२ फागुन २०७७, आईतबार

भेरीगंगा नगरपालिका ११ सुर्खेतबाट अवैध ६५ थान चिरान सालको काठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले गएराति १०ः३२ बजे ट्रयाक्टर चालक लेकबेसी नगरपालिका ७ सुर्खेत निवासी २१ वर्षीय देवबहादुर राना, ट्रयाक्टर साहु भेरीगंगा नगरपालिका ११ सुर्खेतका ४६ वर्षीय कर्णबहादुर घर्ती र बर्दिया जिल्ला बाँसगडी निवासी ३० वर्षीय पुष्प आचार्यलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालिका ११ सुर्खेत साँधीखोलाबाट रामघाटतर्फ आउदै गरेको भे १ त ७४५० नम्बरको ट्रयाक्टरमा सालको चिरान ६५ थान (कडी) ५०.५५ क्यूफिट काठ अवैधरुपमा ल्याउदै गरेको विशेष सूचना पाउनासाथ घटनास्थलमा पुगेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उहाँका अनुसार बरामद काठ र ट्रयाक्टरसहित तीनै जनालाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन वन कार्यालय छिन्चुबाट खटिएका रेन्जर भोजप्रसाद उपाध्यायलाई बुझाईएको छ ।

प्रतिकृया दिनुहोस्