OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २, २०७७
७३८ पटक

 

२ फागुन २०७७, आईतबार

कर्णाली प्रदेशका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मुख्यन्याधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र पेश गर्नुभएको छ । “आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले मैले मुख्यमन्त्रीसमक्ष राजीनामा पत्र पेश गरेको छु,” उहाँले भन्नुभयो, “स्वीकृत गर्ने नगर्ने उहाँको हात हो ।” यद्यपि मुख्यन्यायधिवक्ता मानन्धरले सामाजिक सञ्जालबाट समेत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

आफ्नो निजी कार्यव्यस्तताका कारण आफुले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने कारण खुलाउँदै पदबाट राजीनामा दिएको बताउनुभएका उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकार एवं सम्पूर्ण शुभेच्छुकप्रतिहार्दिक आभार व्यक्त गर्नुभएको छ ।

हाँले आफ्नो पदीय जिम्मेवारीमा रहेर दुई वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा आफुलाई गौरवान्वित ठानेको कुरा व्यक्त गर्नुएको छ । उहाँ मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत्र २८ गते नियुक्त हुनुभएको थियो ।

विसं. २०५२ सालदेखि अधिवक्ताका रुपमा काम गर्दै आउनुभएका उहाँ मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत पुनरावेदन आयोग तथा नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्यसमेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्