OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७७सुर्खेत
६७७ पटक

 

 १ फागुन २०७७, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेनद्रबहादुर शाहीले २६औं जनयुद्ध दिवसको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले निरंकुश जहाँनिया सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिन आज फागुन १ गते स्मरण गर्दै २६औं महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले महान् जनयुद्ध र जनआन्दोलन एवं विभिन्न न्यायपूर्ण संघर्षका क्रममा आफनो जीवन आहुती दिने महान् सहिदहरुप्रति यस ऐतिहासिक अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

त्यस्तै यस ऐतिहासिक जनयुद्धको पहलकदमी लिने, शुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कार्यकर्ता, लडाकु योद्धा एवं आम जनसमुदायमा समेत मुख्यमन्त्री शाहीले हार्दिक आभार प्रकट गर्नुभएको छ । तत्कालीन् महान् जनयुद्धकले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको जनाउँदै उहाँले जनयुद्धको जगमा भएको ०६२÷६३ को जनआन्दोलनले नेपालमा सदियौं देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई यसबाट प्राप्त राजनैतिक परिवर्तनले आज हामीले समावेशीता, समानुपातिकता, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु प्राप्त गरेको सन्देशमा व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले जारी शुभकामना सन्देशमा भन्नुभएको छ, “महान् जनयुद्धका कारण प्राप्त राजनैतिक उपलब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने र यसको महानतालाई खिसिट्यूरी गर्ने प्रवृत्तिप्रति सचेत रहन आवश्यक छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षवाट प्राप्त राजनैतिक उपलब्धिहरुलाई खोस्ने र मुलुकलाई फेरी पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा पनि भैरहेको छ । जनयुद्ध दिवसको यस ऐतिहाँसिक अवसरमा सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढतापुर्वक अघि बढ्न अपिल गर्दछु ।”

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, प्रदेश प्राप्तिलगायतका जनआन्दोलन, जनसंघर्षहरुको बलमा २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेपश्चात सिंगो मुलुकले तीव्र गतिमा विकास र समृद्धि प्राप्त गर्ने संकल्प गरेको भन्दै उहााले विकास र समृद्धिको एजेण्डाबाट कोही पनि विचलित नहुन आग्रह गर्नुभएको छ । मूलतः महान् जनयुद्ध दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापनाका लागि सबै नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास रहेको मुख्यमन्त्री शाहीले जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्